राष्ट्रियसभाका दुई विषयगत समितिका सभापतिले लिए शपथ

हिमाल प्रेस ५ चैत २०८० १३:१२
10
SHARES
राष्ट्रियसभाका दुई विषयगत समितिका सभापतिले लिए शपथ

काठमाडौँ-  राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन्।

दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए। त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो।

प्रकाशित: ५ चैत २०८० १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =