कांग्रेस सरकारमा सहभागी हुँदैन : शेखर कोइराला

हिमाल प्रेस २३ माघ २०७९ १६:५८
18
SHARES
कांग्रेस सरकारमा सहभागी हुँदैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन्। सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेसले विपक्षीमा बसेर सरकारलाई खबरदारी गर्ने बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास हुने र कांग्रेसको उम्मेदवार हुने उनको भनाइ छ।

कोइरालाले राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार प्रेसमाथि लगाएको आरोपको पनि खण्डन गरे। आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु उपयुक्त नहुने पनि कोइरालाले बताए।

प्रकाशित: २३ माघ २०७९ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =