सांसद चौधरीको मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

हिमाल प्रेस २३ माघ २०७९ १६:५०
32
SHARES
सांसद चौधरीको मुद्दामा उच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका कैलाली-२बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको मुद्दामा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आफूलाई थुनामुक्त गर्न मा गर्दै चौधरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको हो।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो।

अदालतका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ। उक्त मुद्दाको पेसी माघ २९ गतेलाई तोकिएको छ। छलफलमा मुद्दाका वादी र प्रतिवादी दुवै पक्षलाई बोलाइएको छ।

२०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो। उक्त मुद्दामा फरार रहेका चौधरीलाई माघ १९ गते प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो।

सांसद चौधरीलाई पक्राउ गरेपछि रञ्जिताले भनिन् : सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ

सांसद अरुणकुमार चौधरी जेल चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी नेपालगञ्जबाट पक्राउ, काठमाडौँ ल्याइँदै

 

 

प्रकाशित: २३ माघ २०७९ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =