नेविसंघको दुई पक्षबीच ढुंगा हानाहान

हिमाल प्रेस २३ माघ २०७९ १५:०१
6
SHARES
नेविसंघको दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौँ- काठमाडौँको मिनभवन कमर्स क्याम्पसमा(एनसिसी) कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई पक्षबीच झडप भएको छ। आज सोमबार नेविसंघ एकाइ समितिले स्ववियु निर्वाचन गर्न बैठक डाकेको थियो। तर, बैठकको विषयमा नै विवाद हुँदा ढुंगा हानाहान भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार अहिले भने ढुंगा हान्नेक्रम रोकिएको छ। एकाइ अध्यक्ष अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको थियो।

उनले भने, ‘अहिले यहाँ झडप रोकिएको छ। सामान्य विवाद भने कायमै छ।’ नेविसंघमा सभापति शेरबहादुर देउवा समूह र शेखर कोइराला-गगनकुमार थापा समूहबीच विवाद कायमै छ।

प्रकाशित: २३ माघ २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =