पार्टीभित्र मतभेद छैन : माधव नेपाल

हिमाल प्रेस २२ माघ २०७९ २१:३२
4
SHARES
पार्टीभित्र मतभेद छैन : माधव नेपाल फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको बताएका छन्। आइतबार ललितपुरमा आयोजित पार्टी केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टी नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउन लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चारमाध्याममा आएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।

पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उनको भनाइ छ। ‘बाहिर सञ्चारमाध्यममा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ त्यस्तो होइन,’ उनले भन, ‘पार्टीभित्र कुनै खटपट छैन।’

नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: २२ माघ २०७९ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =