प्रथम गभर्नरको निधनले अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री

हिमाल प्रेस २२ माघ २०७९ १०:२४
6
SHARES
प्रथम गभर्नरको निधनले अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशमशेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

उनले ट्विट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका हुन्।

‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशमशेर जबराको निधनको खबरले स्तब्ध छु,’ उनले लेखेका छन्।

अर्थमन्त्री पौडेलले राणाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। राणाको ९५ वर्षको उमेरमा आज थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =