थुनुवा फरार घटना : थप एकजना पक्राउ

हिमाल प्रेस १९ माघ २०७९ ११:१४
8
SHARES
थुनुवा फरार घटना : थप एकजना पक्राउ

धनुषा- धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका ६ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो। उनी मथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।

यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनकुमार महतो पक्राउ परेका थिए। गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ थुनुवा फरार भएका थिए।

चार जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १९ माघ २०७९ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =