‘परस्त्री’को प्रदर्शन मिति सर्‍याे

हिमाल प्रेस १९ माघ २०७९ ११:१४
22
SHARES
‘परस्त्री’को प्रदर्शन मिति सर्‍याे

काठमाडौँ- फिल्म ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ। यसअघि फागुन १९ मा रिलिज हुने भनिएको फिल्म चैत १२मा प्रदर्शनमा आउनेछ।

दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा सुरज पाण्डेको निर्देशन रहनेछ। पाण्डेले यस फिल्मबाट निर्देशनमा हात हाल्दैछन्।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा हुनेछन्।

प्रकाशित: १९ माघ २०७९ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =