‘फेलोसिप प्रोग्राम’ सञ्चालन गर्न महानगरले माग्यो कर्मचारी

हिमाल प्रेस १९ माघ २०७९ ९:४९
6
SHARES
‘फेलोसिप प्रोग्राम’ सञ्चालन गर्न महानगरले माग्यो कर्मचारी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहरी योजना आयोगको समन्वयमा ‘महानगर रिसर्च फेलोसिप २०७९’ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा मेयर फेलोसिप प्रोग्राम सञ्चालन गर्ने भएको छ।

महानगरपालिकाको सर्वांगीण विकासका विविध आयामसँग अघि बढ्न फेलोसिप प्रोग्राम अघि बढाउने जनाएको छ।

महानगरको कार्यमूलक अनुसन्धानमार्फत सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सघाउ पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको महानगरले जनाएको छ।

प्रकाशित: १९ माघ २०७९ ९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =