हिरासत कक्षको भित्ता फोडेर फरार भए ६ थुनुवा

हिमाल प्रेस १६ माघ २०७९ ९:०९
18
SHARES
हिरासत कक्षको भित्ता फोडेर फरार भए ६ थुनुवा

जनकपुरधाम- धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएका छन्। सोमबार बिहान करिब ३ बजे उनीहरू हिरासतबाट फरार भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

लागुऔषध, हातहतियार, अभद्र व्यवहारका सात थुनुवामध्ये ६ जना फरार भएका हुन्। थुनुवा फरार भएपछि छानबिनका लागि समिति गठन गरिने भएको छ।

फरार अभियुक्तहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

हिरासत कक्षतर्फको भित्ता कमजोर भएकाले फोडेर उनीहरू भाग्न सफल भएको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eighteen =