मोटरसाइकल दुर्घटना प्रदेश १ संसद् सचिवालयका अधिकृतको मृत्यु

हिमाल प्रेस ११ माघ २०७९ १७:५१
22
SHARES
मोटरसाइकल दुर्घटना प्रदेश १ संसद् सचिवालयका अधिकृतको मृत्यु

इटहरी- मोटरसाइकल दुर्घटनामा प्रदेश १ प्रदेशसभा (संसद) सचिवालयका अधिकृतको मृत्यु भएको छ। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका ३ स्थित ढाटमा बुधबार (आज) दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ रहेका छन्।

सरकारी नम्बर प्लेट प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ जाने क्रममा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उनी सवार प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बुधबार बिहान ८ः५५ बजेतिर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका २ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर ४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन्।

मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =