सभामुखका लागि आज उम्मेदवारी दर्ता

हिमाल प्रेस ४ माघ २०७९ ७:०५
4
SHARES
सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाडौँ- प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ।

महासचिव डा भरतराज गौतमले यसअघिको प्रतिनिधिसभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका हुन्। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनसँगै माघ ७ गते उपसभामुख चयनको प्रकृया सुरु हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँ बानेश्वरमा हुनेछ। आज दिउँसो सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू भोलि बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि भोलि प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन् । एक मात्र प्रस्ताव परेको अवस्थामा सभामुख चयन निर्विरोध हुनेछ।

मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ।

प्रकाशित: ४ माघ २०७९ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =