कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

हिमाल प्रेस १ माघ २०७९ १४:१६
4
SHARES
कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

सुर्खेत- कर्णाली प्रदेशसभाको सभामुख पदमा नेकपा एमालेका नन्दा गुरुङ निर्वाचित भएकी छन्। सातै प्रादेशिक सभामुखमा पहिलो महिला सभामुख बनेकी गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा ३८ जना सांसद मतदानमा सहभागी थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले गुरुङको पक्षमा मत खसाएका थिए। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन्।

यस्तै नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाएका छन्। पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ। कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए।

ज्येष्ठ सदस्य नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले सभा सञ्चालन गरेका थिए। उनले भोट हालेनन्। यस्तै जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बसेका थिए।

सभामुखमा निर्वाचित गुरुङको शपथ आजै अपरान्ह ४ बजे हुँदैछ।

प्रकाशित: १ माघ २०७९ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =