भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गरौँ : प्रेम सुवाल

हिमाल प्रेस २६ पुष २०७९ १६:०९
22
SHARES
भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गरौँ : प्रेम सुवाल

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूलाठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भीर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पुर्‍याउनेहरूलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले यसका लागि संविधान संसोधन गर्न पनि आग्रह गरे। ‘ठूल्ठूला भ्रष्टाचारी, महिला बलात्कार गरेकालगायतका अपराधिहरु, मानव अधिकारको गम्भिर उलंघन गरेका नेपालको गुह्य कुरा विदेशीलाई पुर्‍याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानुनी व्यवस्था गर्न आवश्यक छ’ उनले भने।

सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन र भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न सरकारले अग्रसरता लिनुपर्ने पनि बताए। त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरण आवश्यक नरहेकोले खारेज गर्न उनले सरकारलाई आग्रह गरे।

सांसद सुवालले चुरे क्षेत्रको ढुंगागिटी भारतलाई खरिदविक्री गर्ने काम बन्द गर्नुपर्ने बताए। काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरू उपत्यका बाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाइ गर्न नहुने उनको भनाइ छ।

प्रकाशित: २६ पुष २०७९ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =