धान रोप्‍ने बेला भइसक्दा पनि सरकारले मल दिन सकेन : प्रेम सुवाल

हिमाल प्रेस १९ चैत २०७९ १६:०८
6
SHARES
धान रोप्‍ने बेला भइसक्दा पनि सरकारले मल दिन सकेन : प्रेम सुवाल

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सरकार किसानका समस्याप्रति जिम्मेवार नभएको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। किसानका समस्यालाई सरकारले जिम्मेवार भएर नसोच्दा यस वर्ष धान रोप्ने बेला भइसक्दा पनि उनीहरूले रसायनिक मल पाउन नसक्ने निश्चित रहेको उनको भनाइ छ।

‘यसवर्ष पनि खेती गर्ने सिजन सुरु भइसक्यो तर सरकारले रसायनिक मल आयात गर्न नसक्दा किसानले रसायनिक मल पाउन सक्ने छैनन्। सरकार किसानका समस्याप्रति जिम्मेवार देखिएको छैन,’ उनले भने।

यस्तै नेपाली कांग्रेसले सत्तामा बसेर प्रमुख प्रमुख प्रतिपक्षी दलको लोभ गर्दा उसले मुद्दा नै खेप्नु परेको उनले टिप्पणी गरे। संसदमा प्रमुख प्रतिपक्षी दल नहुँदा निर्दलीय शासन व्यवस्थाले ठाउँ पाउने उनले बताए।

दार्चुलाको नेपाली भूमिमा भारतीय पक्षले पर्खाल लगाउँदा पनि सरकारले केही नगरेको उनले बताए। ‘भारतीय पक्षले दार्चुलामा लगाएको पर्खाल सरकारले भत्काउनुपर्छ। यस पटकको जनगणनामा लिम्पियाधुराको जनसंख्यामा किन नसमेटेको?,’ उनले प्रश्न उठाए।

संसदीय समितिका सभापतिलाई मन्त्री बनाउन नहुने पनि उनको भनाइ छ। नेपालका नदीहरूको हस्तक्षेपकारी सन्धि सम्झौताहरू तत्काल खारेज गर्न र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए।

प्रकाशित: १९ चैत २०७९ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =