प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

हिमाल प्रेस २६ पुष २०७९ ७:०७
2
SHARE
प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। बैठक बिहान ११ बजे बस्दै छ।
प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन्।

कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।

 

प्रकाशित: २६ पुष २०७९ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =