नवलपरासीका क्रसर उद्योग बन्द

हिमाल प्रेस २५ पुष २०७९ १६:३७
10
SHARES
नवलपरासीका क्रसर उद्योग बन्द फाइल तस्बिर।

नवलपरासी– नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको छ। गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेपछि उद्योग बन्द भएका हुन्।

मन्त्रालयको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। ‘बन्द गरिएका उद्योगलाई तीन दिनभित्र सक्कल कागजातसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न भनिएको छ,’ उनले भने।

सुनवल नगरपालिका-११ को इन्द्रेणी क्रसर उद्योग, सुस्ता गाउँपालिका-५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका-१३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका-२ को मामाभाञ्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका-४ को नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका-९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको हो।

सुनवल-४ मा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ। जिल्लामा ढुंगा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन्। यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा थिए।

प्रकाशित: २५ पुष २०७९ १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =