हुँदाखाने मलेसिया, हुनेखाने अमेरिका गए, लुटेर खानेहरूमात्रै नेपालमा बसे : अमरेश सिंह

हिमाल प्रेस २५ पुष २०७९ १५:३९
6
SHARES
हुँदाखाने मलेसिया, हुनेखाने अमेरिका गए, लुटेर खानेहरूमात्रै नेपालमा बसे : अमरेश सिंह

काठमाडौँ– स्वतन्त्र सांसद अमरेश सिंहले नेपाल सेटिङ र माफियाहरूको दुष्चक्रमा फसेको जिकिर गरेका छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘हुँदाखाने गरिब जनताहरू मलेसिया र खाडी गएका छन्। हुनेखानेहरू अमेरिका गएका छन्। बिचौलिया र सेटिङ र लुटतन्त्रमा रमाउनेहरूमात्रै नेपालमा बसेका छन्,’ उनले भने।

देश र समाज दलीयकरणमा फसेकाले बिचौलियातन्त्र फस्टाएको उनको भनाइ छ। दलीयकरणकै कारण नेपालका कानुनी, संस्कृतिक, शैक्षिक सबै संस्थाहरू कमजोर भएको उनले बताए।

‘राम्रा होइन, हाम्रा मान्छेलाई सत्तामा पुर्‍याउने प्रवृत्तिले संस्थाहरू कमजोर भएका छन्। १० करोडको गाडी र महँगो घडी लगाउने सोच बोकेर हामीले जनताका समस्या समाधान गर्ने भाषण गर्नु विरोधाभाष छ। हामीले शिक्षाको सुधार गर्न सक्यौं? बूढानिलकण्ठ स्कूल बनाउन सक्यौं ?’ उनले भने।

नेपाल झोलेतन्त्रमा फसेको बताउँदै उनले पैसा भएको झोला जसले बोकेको छ, उसलैमात्रै सरकारी नियुक्ति पाउने गरेको बताए।

प्रकाशित: २५ पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =