प्रदेश-१ का मुख्यमन्त्रीले कार्कीले लिए शपथ, तीन मन्त्री नियुक्त

माओवादी सरकारमा गएन

हिमाल प्रेस २५ पुष २०७९ १५:१५
10
SHARES
प्रदेश-१ का मुख्यमन्त्रीले कार्कीले लिए शपथ, तीन मन्त्री नियुक्त एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्की। फाइल तस्बिर।

इटहरी- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार (आज) दिउँसो उनले शपथ लिएका हुन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहीअनुसार उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए।

यसैबीच तीन मन्त्रीले पनि शपथ लिएका छन्। एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बूले शपथग्रहण गरेकी हुन्। उनीहरूको मन्त्रालयपछि तोकिने गरी मन्त्रीमा नियुक्त गरिएको हो।

एमालेसँग गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन। मुख्यमन्त्रीका विषयमा आलोपालो सहमति नभएपछि माओवादी सरकारमा सहभागी नभएको हो। प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भनिए पनि गठबन्धनमा आवद्ध शीर्ष नेताहरूको बैठकले सरकारको पूरै कार्यकाल एमालेलाई दिने निर्णय गरेसँगै माओवादी सरकारमा सहभागी नभएको हो।

प्रकाशित: २५ पुष २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =