नेसपाले वार्ता टोली गठन गर्दै

हिमाल प्रेस २४ पुष २०७९ ८:२३
8
SHARES
नेसपाले वार्ता टोली गठन गर्दै फाइल तस्बिर

काठमाडौँ- डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली गठन गर्ने भएको छ। वार्ता टोली गठनका लागि आज (आइतबार) बिहान ११ बजे पार्टी कार्यालय तीनकुनेमा राजनीतिक समितिको बैठक बस्ने भएको छ।

विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकताका लागि वार्ता टोली गठन गर्न लागिएको नेसपाले जनाएको छ। नेसपाका उम्मेदवारहरू मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेका थिए।

माओवादी केन्द्रले पनि बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

प्रकाशित: २४ पुष २०७९ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =