पाल्पा बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

हिमाल प्रेस २२ पुष २०७९ ७:३९
4
SHARES
पाल्पा बस दुर्घटना अपडेट : मृतकको खुल्यो पहिचान

काठमाडौँ- पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

रैनादेवीछहरा गाउँपालिका-८, टाडीस्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेमा रैनादेवीछहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, निर्मलाकी ११ वर्षीया छोरी सरुमाया, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बिमा पाण्डे रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बिहीबार राति सवा १० बजे उक्त बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी, बुटवल तथा १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २२ पुष २०७९ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =