पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु‚ १८ घाइते

हिमाल प्रेस २२ पुष २०७९ ७:०४
2
SHARE
पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु‚ १८ घाइते सांकेतिक तस्बिर।

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ।

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाध्यक्ष रानाले बताए। घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ।

घटनास्थल सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत पर्ने र खुर्साने गाउँ नजिकै पुग्दा बस दुर्घटना भएको बताइएको छ। दुर्घटनामा १८ जना घाइते भएकोमा उनीहरूको पहिचान खुल्न बाँकी छ।

प्रकाशित: २२ पुष २०७९ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =