‘मुन्द्रेको कमेडी क्लब’की अध्यक्ष बन्दै प्रियंका

हिमाल प्रेस २१ पुष २०७९ १५:४९
10
SHARES
‘मुन्द्रेको कमेडी क्लब’की अध्यक्ष बन्दै प्रियंका

काठमाडौँ- नेपाली स्ट्यान्ड-अप कमेडी र टक सो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो संस्करण आउने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने सो माघ दोस्रो सातदेखि प्रसारण हुनेछ।

यसपालि सोमा अध्यक्षका रूपमा अभिनेत्री प्रियंका कार्की देखिने भएकी छन्। सोमा कार्की अध्यक्ष रहने जानकारी जितु नेपालले नै खुलाएका छन्।

सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले सोमा यसअघि दीपाश्री निरौला र करिश्मा मानन्धर अध्यक्ष रहे पनि यसपटक प्रियंका कार्की रहने बताएका छन्।

दिनेश डिसीले निर्देशन गर्ने सोमा दमन रूपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, एलिना बास्कोटा ‘सान्नानी’ आदि कलाकार रहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =