प्रियंका कार्की बनिन् ‘निफ’की निर्णायक

हिमाल प्रेस १९ माघ २०७९ १२:०५
12
SHARES
प्रियंका कार्की बनिन् ‘निफ’की निर्णायक

काठमाडौँ-अभिनेत्री प्रियंका कार्की नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) की निर्णायक मण्डलमा मनोनीत भएकी छन्। उनी निफमा फिचर तर्फको निर्णायक रहनेछिन्।

उनीसँगै इन्द्रलाल बलामी पनि निफमा निर्णायक हुनेछन्। माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक बलामी छोटा र वृत्तचित्र निर्णायक समितिमा मनोनीत भएका छन्।

यो निफको छैटौँ संस्करण हो। जसमा ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्। जसमध्ये सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

महोत्सवमा नेपालसहित बांग्लादेश, इरान, चीन, मेक्सिको, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, कजाकिस्तान, टर्की, सर्बिया, इन्डोनेसिया, जर्मनी, क्यानडा, इजिप्ट, थाइल्यान्ड, रुस, नेदरल्यान्ड्स, इटली, फ्रान्स, अस्ट्रेलिया, मलेसियालगायत देशका फिल्म, डकुमेन्टी, सर्ट फिल्म, एनिमेटेड फिल्म देखाइनेछन्।

निफ आगामी चैत २ देखि ६ ९मार्च १६(२०० सम्म आयोजना हुनेछ। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने निफका फिल्म क्युएफएक्स सिनेमाजमा देखाइनेछन्।

फिल्म प्रदर्शनबाहेक निफमा अन्तरक्रिया, गोष्ठीलगायत एक दर्जन बढी रचनात्मक कार्यक्रम हुनेछन्।

प्रकाशित: १९ माघ २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =