भारतीय मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीय वृद्धको मृत्यु

हिमाल प्रेस २१ पुष २०७९ ७:२२
2
SHARE
भारतीय मोटरसाइकलले ठक्कर दिँदा ७५ वर्षीय वृद्धको मृत्यु सांकेतिक तस्बिर।

सर्लाही- सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

गएराति सवा ८ बजे पर्सा २ को भित्री सडकखण्डमा बीआर ०१ बी ५९१७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो।

सडकमा पैदल हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई उपचारको लागि स्थानीय मेडिकल नारायणपुर लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाइकल चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ पुष २०७९ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =