सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले दिए समय

हिमाल प्रेस २० पुष २०७९ १३:१३
4
SHARES
सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले दिए समय

धनगढी- सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई समय तोकेर आह्वान गरेका छन्। प्रदेश प्रमुख जोशीले पुस २७ गते साँझ पाँच बजेसम्मका लागि समय तोकेका हुन्।

मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८(१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि जोशीले संविधानको धारा १६८(२) बमोजिम दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने गरी आह्वान गरेका हुन्।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादीका ४ राप्रपाका एक र स्वतन्त्र एक सांसद छन्। यहाँ सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

प्रकाशित: २० पुष २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =