आर्थिक अनियमितताको आरोपपछि हेडक्वाटर तानिए एसपी ऋषिराम

हिमाल प्रेस २० पुष २०७९ १३:०१
926
SHARES
आर्थिक अनियमितताको आरोपपछि हेडक्वाटर तानिए एसपी ऋषिराम प्रहरी प्रधान कार्यालय

काठमाडौँ- पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्। आर्थिक अनियमिततासँगै भ्रष्टाचारको आरोप लागेपछि अनुसन्धानका लागि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको हो।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार कँडेलबारे गुनासो धेरै आएपछि अनुसन्धान सुरु गरिएको बताए। कँडेलमाथि यसअघि लागुऔषध कारोबारमा निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको थियो।

प्रकाशित: २० पुष २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =