राष्ट्रियसभाको उपाध्यक्ष र सदस्यको निर्वाचनबारे तिमिल्सिनाले गरे प्रधानमन्त्रीसँग छलफल

हिमाल प्रेस १९ पुष २०७९ १९:५६
14
SHARES
राष्ट्रियसभाको उपाध्यक्ष र सदस्यको निर्वाचनबारे तिमिल्सिनाले गरे प्रधानमन्त्रीसँग छलफल तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। राष्ट्रियसभामा उपाध्यक्ष पद रिक्त रहेको र राष्ट्रियसभाकै एक सदस्यका लागि पनि निर्वाचन गर्नुपर्ने लगायतका प्रचण्ड र तिमिल्सिनाबीच कुराकानी भएको हो।

भेटमा तिमिल्सनाले मुस्ताङको कोरला नाकामा आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएका थिए। कोरलामा तिब्बततर्फ भौतिक संरचना बनिसकेका छन् भने नेपालतर्फ अहिलेसम्म केही बनेको छैन। नेपालतर्फ सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी पनि अस्थायी भवनमा बसिरहेका छन्।

आजको छलफलमा राष्ट्रियसभाबाट पारित पाँचवटा विधेयकको बारेमा पनि छलफल भएको बताइएको छ।

प्रकाशित: १९ पुष २०७९ १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =