सवारी ज्यान मुद्दामा फरार अभियुक्त ३५ वर्षपछि काठमाडौँबाट पक्राउ

हिमाल प्रेस १८ पुष २०७९ १९:४४
6
SHARES
सवारी ज्यान मुद्दामा फरार अभियुक्त ३५ वर्षपछि काठमाडौँबाट पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ– ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई नेपाल प्रहरीले ३५ वर्षपछि पक्राउ गरेको छ। ०४४ साल वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट ३ हजार ५० रुपैयाँ जरिबाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका १५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी सोमबार (आज) सार्वजनिक गरेको हो।

ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पुर्‍याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई काठमाडौँ प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ।

विभिन्न मुद्दामा अदालतबाट जरिबाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिए।

पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको उनले बताए। यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाया सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाइने एसपी मैनालीको भनाइ छ।

प्रकाशित: १८ पुष २०७९ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =