लुम्बिनी मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : शंकर पोखरेल

हिमाल प्रेस १७ पुष २०७९ १८:५३
6
SHARES
लुम्बिनी मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : शंकर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन्। लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शथप ग्रहण समारोहमा अतिथिका रूपमा बोल्दै उनले यस्तो बताएका हुन्।

लुम्बिनी प्रदेशसभामा एमाले ठूलो पार्टी भएकाले अन्य दलहरूले एमालेलाई नै नेतृत्व सुम्पिनेमा आफू विश्वस्त रहेकोसमेत उनको भनाइ छ।

‘स्वाभाविक रूपमा अन्य दलहरूले जहाँ जसको स्टेट त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ भन्ने म ठान्छु यद्यपि हामी छलफल गर्न बाँकी छ,’ उनले भने, ‘छलफलपछि एउटा निष्कर्ष निक्लेला तर पनि राजनीतिक दलहरूको स्टेटका आधारमै नेतृत्वको प्रश्न निरुपण होला भन्ने म ठान्छु।’

केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेको छ। तर प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने अझै टुंगिएको छैन।

प्रकाशित: १७ पुष २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =