यस्तो छ ‘फूलबारी’को ‘माया रैछ र’ गीत

हिमाल प्रेस १७ पुष २०७९ १४:३१
14
SHARES

काठमाडौँ- फिल्म ‘फूलबारी’को ‘माया रैछ र’ गीत सार्वजनिक भएको छ। गीतमा कालीप्रसाद बाँस्कोटा र सदिक्षा कट्टेलको स्वर छ। गीतका सर्जक बाँस्कोटा नै हुन्। गीतमा उनकै शब्द र संगीत रहेको छ।

पारिवारिक सद्भाव, माया र भरोसामा आधारित गीतको भिडियोमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका कार्की, शिल्पा मास्के, अनुपम शर्मालगायत देखिएका छन्।

रामबाबु गुरुङको निर्देशन रहने फिल्म फागुन ५ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १७ पुष २०७९ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =