लुम्बिनीका प्रदेशसभा सदस्यहरूले आज शपथ लिने

हिमाल प्रेस १७ पुष २०७९ ८:४१
8
SHARES
लुम्बिनीका प्रदेशसभा सदस्यहरूले आज शपथ लिने

काठमाडौँ- लुम्बिनीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित नयाँ बनेको प्रदेशसभा भवनमा प्रदेश सांसदहरूले दिउँसो १ बजे शपथ लिने भएका हुन्।

यस्तै प्रदेशसभाको पहिलो बैठक भने भोलि (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नेछन्। लुम्बिनीमा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ जना प्रदेशसभा सदस्य छन्।

प्रकाशित: १७ पुष २०७९ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =