रवि लामिछानेले आज नागरिकताका लागि प्रक्रिया सुरू गर्ने

हिमाल प्रेस १५ माघ २०७९ ९:१७ | Sunday, January 29, 2023
रवि लामिछानेले आज नागरिकताका लागि प्रक्रिया सुरू गर्ने

काठमाडौँ- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज (आइतबार) नागरिकता ब्युँताउने प्रक्रिया सुरु गर्ने भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको लागि नयाँ प्रक्रिया सुरु गर्नु पर्ने भएको हो।

लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्रमाणपत्र लिएका थिए। २०७० सालमा अमेरिकाको नागरिकता लिएसँगै उनको नेपाली नागरिकता निष्क्रिय भएको सर्वोच्च अदालतले फैसला गरेको छ।

लामिछानेले आजै पुन: नेपाली नागरिकता कायम भएको निस्सा प्राप्त गर्न सक्नेछन्। सो पश्चात उनी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहेमा पुन: गृहमन्त्री हुन सक्नेछन्। संविधानअनुसार मन्त्री बनेको ६ महिनाभित्र संसद्‌को सदस्य भने हुनुपर्नेछ।

अदालतको फैसलापछि लामिछानेले गृहमन्त्रीको हैसियतमा पाएको मन्त्री क्‍वार्टर र सुविधा छोडिसकेका छन्।

यो पनि पढ्नुहोस्

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]

एक घण्टामै ब्युँतिन सक्छ रविको नागरिकता, उपचुनावमा पनि उठ्न पाउने

प्रकाशित: १५ माघ २०७९ ९:१७ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast