काठमाडौँ- स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर ज्यान गुनाउनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएकी छन्।
मन्त्री भएलगत्तै पदबहाली गर्दै उनले आँखाको स्वास्थ्य उपचार विकेन्देरीकरण गरेर केन्द्र प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्याउने, स्वास्थ्य संस्थाले प्रदान गर्ने न्यूनतम मापदण्डमा विशेष ख्याल दिनेबारे निर्णय गरेकी हुन्।
उनले सविधानमा भएअनुसार स्वास्थ्यलाई मौलिक हकको रुपमा विकास गर्ने बताएकी छन्।
राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी हुन्।
प्रकाशित: ३ माघ २०७९ १४:४२ | Tuesday, January 17, 2023
प्रतिक्रिया






हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना।यहाँ सँग जनताको धेरै ठूलो आशा र अपेक्षा छ।तसर्थ यहाँले जनतालाई निराश गर्नु हुन्न भन्ने विश्वास गरेको छु।