काठमाडौँ- ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की एक स्थान माथि उक्लिएकी छन्। उनले माओवादी केन्द्रकी पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी हुन्।
पहिलो स्थानमा भने नेकपा एमालेका अमृत खड्काले ९६४ मत ल्याएर अग्रता कायमै राखेका छन्। तोसिमाले ९०७ मत र माओवादीकी भुसालले ७८६ मत ल्याएका छन्।
यसअघि तोसिमा तेस्रो नम्बरमा थिइन्।
प्रकाशित: ५ मंसिर २०७९ १३:४८ | Monday, November 21, 2022
प्रतिक्रिया



