काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। सरकारलाई सुझाव दिन पार्टीले गरेको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले विवादित भएर पदमा बसिरहन उचित नहुने बताएका हुन्।
‘उहाँको जैले नयाँ–नयाँ सुनिरहिन्छ। त्यस्तो नसुनिए हुन्थ्यो। हप्तामा दुईतीन पटक सुनिरहन्छ कहिले के, केहिले के’, ’ गुरुङको नाम नलिई उनले भने, ‘विवादमा परेर बसिरहनुभन्दा मार्गप्रशस्त गरिर्दिँदा राम्रो हुन्छ।’
प्रकाशित: ८ वैशाख २०८३ १४:०४ | Tuesday, April 21, 2026
प्रतिक्रिया



