पुरानै सहमतिमा टेकेर अघि बढे गगन र शेखर

हिमाल प्रेस ५ पुष २०७९ १४:०५
206
SHARES
पुरानै सहमतिमा टेकेर अघि बढे गगन र शेखर कांग्रेस संस्थापन इतर समूहको मंगलबार बिहान बसेको बैठक।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा अघि सार्ने भएका छन्। कांग्रेसको संस्थापन इतर समूहको मंगलबार बसेको बैठकमा महामन्त्री थापाले गरेको प्रस्तावमा सहमति जुटेको हो। साथै बैठकले महामन्त्री थापालाई संसदीय दलको नेतामा उठाउने निर्णय गरेको छ। थापाको प्रस्तावकमा नेता डा. कोइराला र समर्थकमा अर्का महामन्त्री हुने सहमति भएको छ।

डा. शेखर कोइराला एकपटकको सभापति भनेर अनेकन् टिप्पणी हुन थालेपछि उनले संसदीय दलमा महामन्त्री थापालाई छाड्ने निर्णयमा पुगेका हुन्। चौधौँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिमा लड्दा डा. कोइरालाले लोकप्रिय मत पाएका थिए। त्यति बेला पार्टीमा चुनाव लड्दा थापा सरकारको नेतृत्वमा जाने र कोइरालाले पार्टी चलाउने सहमति भएको थियो। सोहीअनुसार कांग्रेसको इतर समूहबाट सभापतिमा डा. कोइराला र महामन्त्रीमा थापाले प्रतिस्पर्धा गरेका थिए। थापा महामन्त्रीमा निर्वाचित भए भने कोइराला शेरबहादुर देउवासँग पराजित भएका थिए। अहिले पनि दुवै नेता पुरानै सहमतिमा टेकेर अघि बढेका हुन्।

‘अहिले शेखर दाले मलाई प्रस्ताव गर्नु हुनेछ भने मैले दाइलाई आगामी अधिवेशनमा सभापतिका लागि प्रस्ताव गर्नेछु,’ बैठकपछि महामन्त्री थापाले हिमाल प्रेससँग भने, ‘सहकार्य गरेर जाने हो। नयाँ परिवेशमा कांग्रेसलाई अघि बढाउने हो। मलाई सबैको साथ रहने विश्वास छ।’

पार्टी संगठनमा कोइरालाको राम्रो पकड रहेको मानिन्छ। त्यसैले पार्टी नेतृत्व पनि कोइरालाले लिनुपर्नेमा सहमति जुटेको बैठकमा सहभागी अर्का एक नेताले बताए। ती नेताले भने, ‘अब पार्टीको नेतृत्व कोइरालाले गर्नुपर्छ र सरकारको नेतृत्व महामन्त्री थापाले गर्नुपर्छ भन्ने सहमति भएको छ।’

‘अहिले शेखर दाले मलाई प्रस्ताव गर्नु हुनेछ भने मैले दाइलाई आगामी अधिवेशनमा सभापतिका लागि प्रस्ताव गर्नेछु,’ बैठकपछि महामन्त्री थापाले हिमाल प्रेससँग भने, ‘सहकार्य गरेर जाने हो। नयाँ परिवेशमा कांग्रेसलाई अघि बढाउने हो। मलाई सबैको साथ रहने विश्वास छ।’

बैठकमा महामन्त्री थापाले संसदीय दलमा आफूले नछाड्ने अडान लिएका थिए। बैठकमा सहभागी एक नेताले भने, ‘महामन्त्री थापाले आफू जसरी पनि लड्ने अडान नछाडेपछि डा. कोइराला सहमत भएका हुन्।’ डा. कोइरालाको उक्त निर्णयलाई कांग्रेसकै कतिपय नेताले त्यागको संज्ञा दिएका छन्।

डा. कोइरालाले चौधौँ महाधिवेशनमा उम्मेदवारी दिँदा पनि पार्टीको भविष्य युवाको काँधमा मात्रै सुरक्षित रहेको बताएका थिए। उनले त्यति बेला प्रतिबद्धता सार्वजनिक गर्दै भनेका थिए, ‘हाम्रा अग्रज नेताहरूको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरूको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा उठेको छु।’

संसदीय दलको चुनावमा महामन्त्री थापाको प्रस्तावकमा कोइराला नै रहने सहमति भएको छ। ‘अब हाम्रो अभिभावक डा. शेखर कोइराला नै हुनुहुन्छ। भोलिदेखि नै म उहाँलाई पार्टीको आगामी सभापतिका रूपमा प्रस्तुत गर्नेछु,’ महामन्त्री थापालाई उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने।

कांग्रेसमा कोइराला परिवारका डा. शेखर कोइराला पार्टीमा लोकप्रिय मानिन्छन्। त्यसैले पार्टी सञ्चालन उनको नेतृत्वमा रहनुपर्ने महामन्त्री थापाको अडान थियो। संसदीय दलको चुनावमा पराजित भए पनि महामन्त्री थापा देउवापछिको नेताका रूपमा स्थापित हुने प्रयासमा छन्। चुनावमा जनताको घरैदेलौमा जाँदा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =