नेपालमा इन्फ्लुएन्जाको जोखिम, भौतिक दूरी राख्‍न चिकित्सकको सुझाव

हिमाल प्रेस ४ पुष २०७९ १८:३१
8
SHARES
नेपालमा इन्फ्लुएन्जाको जोखिम, भौतिक दूरी राख्‍न चिकित्सकको सुझाव टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– जाडोयामसँगै इन्फ्लुएन्जा संक्रमण जोखिम बढेको छ। जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको संक्रमण हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा. मिलन ब्रजाचार्यले बताए।

उनका अनुसार दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुन्छ। ‘दीर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनियाजस्ता समस्या आउन सक्छ,’ उनले भने, ‘यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गर्नुपर्छ।’

नेपालमा कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरस संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने उनी बताउँछन्। डा. बज्राचार्यले हप्तामा ७/८ वटा स्वाब संकलन गरेर नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको बताए। इन्फ्लुएन्जा संक्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुने, ज्वरो नआउने जस्ता लक्षण देखा पर्छन्।

यसबाट बच्न संक्रमितसँग भौतिक दूरी कायम राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा नाक-मुख छोप्ने, बिरामी परेको अवस्थामा घरमै बस्ने, शारीरिक रूपमा सक्रिय रहने, प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा साबुन पानीले हात हुने र आफ्नो आँखा, नाक वा मुखमा काम नपरी नछुन चिकित्सकको आग्रह छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =