जाडोमा फोहोर लुगा ओढ्दा आउन सक्छन् यस्ता समस्या

हिमाल प्रेस १७ पुष २०८० ८:०७
6
SHARES
जाडोमा फोहोर लुगा ओढ्दा आउन सक्छन् यस्ता समस्या

काठमाडौँ- जाडोमा चिसो पानी छुन जो कोहीलाई गाह्रो लाग्छ। त्यसमा पनि चिसो पानीमा लुगा धुन ज्यादै गाह्रो। बाक्लो लुगा सुक्न निकै समय लाग्छ। त्यसैले हरेक हप्ता धोएर ओढ्न सकिँदैन।

जाडोमा कम्तिमा ३ देखि ४ महिना ओढिने सिरक आफैं अस्वस्थ भएको हामीलाई थाहा हुँदैन। नियमित प्रयोगका कारण ब्याक्टेरिया र जर्म्स यसमा आउन थाल्छन्। त्यसैले सिरककम्बल, स्विटर, सल र ज्याकेट नियमित सफा राख्न जरुरी हुन्छ।

सफा नगरेर लगातार सिरक-कम्बल प्रयोग गर्दा के हुन सक्छ त? भारतको मेदान्ता मेडिसिटी अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा रमणजीन सिंहका अनुसार सिरक फोहर भएमा यस्ता समस्या आउन सक्छन्

-रातिको समय शरीर चिलाउने
-सुत्नेबित्तिकै खोकी वा हाछ्यु आउने
-बिहान-बिहानै टाउको दुखाइ र ज्वरोको महशुस
-शरीरमा स-साना बिबिरा वा दागहरु आउन थाल्नु
-घाटीको दुखाइ तथा इन्फेक्सन

एजेन्सी

प्रकाशित: १७ पुष २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =