दमक अस्पतालमा एकीकृत उपचार कक्ष

हिमाल प्रेस ४ पुष २०७९ ७:१३
4
SHARES
दमक अस्पतालमा एकीकृत उपचार कक्ष

दमक- नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृत उपचार कक्षको शुभारम्भ गरिएको छ।

फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो कक्ष स्थापना गरिएको हो।

सरकारले उन्मूलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ती रोग पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढिरहेको तथ्यांक सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ती रोगको उपचारमा ध्यान गएको हो।

दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए।

उनले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टीका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवासुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक भएको बताए।

अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णताः दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीको व्यवस्थापन काममा लागेको पनि उनले जनाए।

कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाइँले रोग लागेपछि उपचार गर्नु आवश्यक भए पनि रोग लाग्नै नदिने उपायको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गरे ।

कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीह हस्तान्तरण गरिन्।

उनले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा अझ उपलब्धिमूलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ४ पुष २०७९ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =