सन्तोषी श्रेष्ठलाई ‘संस्कृति स्पोर्टस् सम्मान’

हिमाल प्रेस ३ पुष २०७९ १६:४९
6
SHARES
सन्तोषी श्रेष्ठलाई ‘संस्कृति स्पोर्टस् सम्मान’

काठमाडौँ– यस वर्षको ‘संस्कृति स्पोर्टस् सम्मान’ सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्। संस्कृति इन्टरनेशनल स्कुलका निर्देशक पशुपति मुरारकाले श्रेष्ठलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरे।

श्रेष्ठले यही वर्ष लामो दूरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाएकी थिइन्। उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० हजार र ५ हजार मिटर दौडमा, २०७९ को ४४औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५ सय र ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्।

श्रेष्ठ २०७९ को आठौँ नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्डसहित विजेता बन्न सफल भएकी थिइन्। संस्कृति इन्टरनेशनल स्कुलले खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीको प्रोत्साहन स्वरूप हरेक वर्ष उक्त सम्मान दिँदै आएको छ।

सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने १९ वर्षमुनिका खेलाडीमध्ये १ जनालाई ५० हजारको ‘ट्रेनिङ स्कलरसिप’ प्रदान गर्ने घोषणा गरिएको छ। ‘स्कलरसिप’ विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ। यस वर्ष डडेलधुराका कृष्ण भट्टले ‘ट्रेनिङ स्कलरसिप’ पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fifteen =