यस्तो छ देवेन्द्र बब्लुको ‘परान’

हिमाल प्रेस ३ पुष २०७९ १२:१४
6
SHARES

काठमाडौँ- गायक देवेन्द्र बब्लुको स्वरमा ‘परान’ गीत सार्वजनिक भएको छ। गीतमा गायकसँगै ‘प्रत्यक्ष ब्यान्ड’का सदस्य छन्।

गीतको शब्दअनुसार भिडियो नबाएर गीतमात्र गाएको गायक देवेन्द्र बब्लुले बताएका छन्। गायकले स्रोता-दर्शकलाई गीत सुनिदिन आग्रह गरेका छन्। ‘गीत मज्जाले सुन्नुहोस्, पटकपटक सुन्नुहोस्,’ उनले भनेका छन्, ‘कहिले शब्द सुन्नुहोस्, कहिले स्वर, कहिले संगीत त कहिले बाजा सुन्नुहोस्। सुन्दै गएपछि कुनै न कुनै एउटा कुराले तपाईंलाई पक्कै छुनेछ।’

त्यसले स्रोतालाई कुनै कल्पना वा यथार्थमा पुर्या‍उने गायकको भनाइ छ। ‘त्यहीअनुसार आफ्नै किसिमको भिडियो कल्पना गर्न तपाईंलाई मज्जा आउनेछ,’ उनले भने।

गीतमा स्वरसँगै शब्द र संगीत पनि देवेन्द्र बब्लुको रहेको छ। संगीत संयोजन हरि महर्जनले गरेका छन्। सारंगीमा प्रिन्स नेपाली, बाँसुरीमा स्वर्णिम महर्जन छन्। गीतमा बब्लुलाई विकास लामा र विशाल घिमिरेले साथ दिएका छन्।

प्रकाशित: ३ पुष २०७९ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =