‘दोहोरी आइडल’ हुने

हिमाल प्रेस १ पुष २०७९ १५:३९
8
SHARES
‘दोहोरी आइडल’ हुने

काठमाडौँ- दोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। पहिलोपटक हुन लागेको सोमा ४२  जना प्रतियोगी  हुनेछन्।

पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा निर्णायक मण्डलमा रहनेछन्।

डीएआर मुभिजले आयोजना गर्न लागेको रियालिटी सोको विजेताले नगद १५ लाख रुपैयाँ र कार जित्नेछ। प्रतियोगितामा दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख नगद पाउनेछन्।

नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने रियालिटी सोको छायांकन माघबाट सुरु हुने आयोजकले जनाएको छ।

प्रकाशित: १ पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =