भारतबाट ल्याइएको अवैध चामल बरामद

हिमाल प्रेस २९ मंसिर २०७९ २१:०७
8
SHARES
भारतबाट ल्याइएको अवैध चामल बरामद

वीरगञ्ज– भारतबाट अवैध रूपमा नेपाल भित्रिएको चामल प्रहरीले बरामद गरेको छ। वीरगञ्ज महनागरपालिका-११ रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी राखिएको चामल बिहीबार प्रहरीले बरामद गरेको हो।

राजस्व छली भित्र्याइएको चामल रानीघाटस्थित विभिन्न गोदाममा भण्डारण गरी बिक्री वितरण हुँदै आएको पूर्वसूचनाका आधारमा चारवटा गोदाममा छापा मार्दा ५ सयभन्दा बढी बोरा भारतीय चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले जानकारी दिए।

भरियाको मद्दतले राजस्व छली भित्र्याइएको चामल स्थानीय सुजित कलवार, विनोद कलवार, श्यामकिशोर वरणवाल र प्रदुमन गुप्ताको घरमा रहेको गोदामबाट बरामद गरिएको उनले बताए।

प्रहरीले नियन्त्रणमा लिएको गोदाममा रहेको चामल त्यसको गन्ती कार्य भइरहेको डीएसपी बुढाथोकीले बताए। घटना मुचुल्कापछि बरामद गरिएको सबै चामल जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २९ मंसिर २०७९ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =