सर्लाही : मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एकको मृत्यु

हिमाल प्रेस २९ मंसिर २०७९ ७:०८
2
SHARE
सर्लाही : मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एकको मृत्यु सांकेतिक तस्बिर।

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका–९ खोरियाटोलको मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नम्बरको मोटरसाइकल र बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१त २४४० ट्र्याक्टर ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२ का अन्दाजी ३५ वर्षका उदयकुमार साहको ज्यान गएको हो ।

दुर्घटनामा संग्लग्न मोटरसाइकल, ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७९ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =