अमेरिकी राजदूत कर्णाली र लुम्बिनी भ्रमणमा

हिमाल प्रेस २७ मंसिर २०७९ १९:३९
26
SHARES
अमेरिकी राजदूत कर्णाली र लुम्बिनी भ्रमणमा

काठमाडौँ– नेपालमा लागि अमेरिकी राजदूत डिन थम्पसन, श्रीमती थम्पसन र अमेरिकी सहयोग नियोग (यूएसआईडी) नेपालका निर्देशक सेपिडे केभान्साड यतिबेला पब्लिक डिप्लोमेसीका लागि कर्णाली तथा लुम्बिनी प्रदेशहरूको भ्रमणमा छन्।

नेपालमा सामाजिक तथा आर्थिक समावेशीकरणको समर्थनमा अमेरिकी नियोगले नेपाल सरकार, स्थानीय समुदाय र सीमान्तकृत समुदायहरूसँग कसरी सहकार्य गरेको क्षेत्रमा अध्ययनका लागि उनीहरू त्यता गएका हुन्। थम्प्सन काठमाडौँमा आएपछि पहिलो पटक उपत्यका बाहिर गएका हुन्।

कूटनीतिज्ञ मात्र नभएर सुरक्षा रणनीतिकारसमेत रहेकाले उनको हरेक भ्रमण र अध्ययनलाई सुरक्षा–कूटनीतिको पाटोबाट जोड्ने गरिन्छ। उनीहरूले त्यहाँ पुगेर नेपाली नागरिकको पछिल्लो अवस्था र लोकतन्त्रमा भएको विकासको पाटोलाई नियालेका छन्।

राजदूत थम्पसनले आफ्नो भ्रमणको सुरुमा कर्णाली प्रदेशका ऐतिहासिक रूपमा सीमान्तकृत समुदायको जीवनलाई आकार दिने केही आर्थिक तथा सामाजिक वास्तविकतालाई साक्षात्कार गरेको दूतावासले जनाएको छ।

कृषक र उद्यमीले सुनाएका विषय, त्यहाँको परिवेश, व्यवसायका बारेमा समेत उनले त्यहाँ जानकारी लिए। अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआइडीले व्यावसायिक तथा उद्यमशीलताका अवसर सिर्जनामा मद्दत गर्नका निम्ति स्थानीय समुदायसँग साझेदारी गर्दछ। त्यसको प्रभावकारिता बारेमा पनि उनले अध्ययन गरे।

उनले नेपालको परिवेश, विविधता, प्राकृतिक सौन्दर्यताले आफू दंग परेको पनि बताए। केही दिन भनिएको उक्त भ्रमण मिल्ने भए अझै लम्ब्याउने र अन्यत्र पनि जाने योजना तयार गर्ने जनाएका छन्। सुर्खेतमा युवा तथा महिलाहरूले सुरु गरेको जैविक मल उत्पादन व्यवसायलाई उनले ढाडससमेत दिए।

प्रकाशित: २७ मंसिर २०७९ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =