नेपाल अतुलनीय प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यहरूले भरिएको छ : अमेरिकी राजदूत थम्प्सन

हिमाल प्रेस १८ फागुन २०८० ११:५३
46
SHARES
नेपाल अतुलनीय प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यहरूले भरिएको छ : अमेरिकी राजदूत थम्प्सन

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाल अतुलनीय प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यहरूले भरिएको बताएका छन्। ‘कन्भरसेसन फ्रम नेपाल’ कार्यक्रमका लागि मुस्ताङ पुगेका राजदूत थम्प्सनले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै सो कुरा बताएका हुन्। उनले भने, ‘नेपाल अतुलनीय प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यहरूले भरिएको छ।’

राजदूत थम्प्सनले मुस्ताङ नेपालको सर्वाधिक मनोरम गन्तव्यहरूमध्ये एक रहेको र यहाँको समृद्ध संस्कृति तथा न्यानो आतिथ्यले नेपाललाई सबै आगन्तुकका निम्ति एउटा आकर्षक स्थल बनाएको पनि बताएका छन्।

‘विविध भौगोलिक सुन्दरताहरूका साथै यहाँको समृद्ध संस्कृति तथा न्यानो आतिथ्यले नेपाललाई सबै आगन्तुकका निम्ति एउटा आकर्षक स्थल बनाएको छ। मुस्ताङ नेपालको सर्वाधिक मनोरम गन्तव्यहरूमध्ये एक हो जसले आफ्नो प्रतिष्ठा यसको अद्वितीय भूगोल र ऐतिहासिक व्यापार मार्गको रूपमा यसको भूमिकाका कारण आर्जन गरेको छ,’ राजदूत थम्प्सनले भने।

मुस्ताङमा राजदूत थम्प्सनले प्राकृतिक तथा भौगोलिक परिदृश्यहरू अवलोकन गर्दै स्थानीयहरूसँग अन्तरक्रिया गर्नुका साथै स्थानीय खानाको स्वाद लिएको पनि अमेरिकी दूतावासले जनाएको छ।

थम्प्सनले अमेरिकी सहयोग प्राप्त सांस्कृतिक संरक्षण परियोजनाको साथै त्यस क्षेत्रका ऐतिहासिक, साँस्कृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण स्थलहरूको भ्रमण गरेका छन्। सो क्रममा राजदूत थम्प्सनले अमेरिका नेपालको पर्यटन प्रवर्द्धन र साँस्कृतिक संरक्षणमा सहयोग गर्ने प्रतिबद्ध रहेको जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =