इटहरीमा अवैध संरचना हटाउन थालियो

हिमाल प्रेस २७ मंसिर २०७९ १६:५९
18
SHARES
इटहरीमा अवैध संरचना हटाउन थालियो

इटहरी- इटहरी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ। मुख्य बजार क्षेत्रमा खोला तथा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो।

मेयर हेमकर्ण पौडेल, उपमेयर संगीता चौधरीसहित इन्जिनियरहरूसहितको टोलीले २ वटा निर्माणधीन अवैध संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको हो।

कुलो मिचेर बनाएका संरचना तत्काल हटाउन निर्देशन दिएको मेयर पौडेलले बताए। इटहरी ७ की आशा साह र इटहरी १० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएको भन्दै स्थलगत निरीक्षण गरी उनीहरूले निर्माण गर्दै गरेको घर तत्काल नबनाउनका लागि निर्देशन दिइएको छ।

यस्तै, इटहरीका सुदीप दाहालको पैनीमाथि बनाएको संरचना पनि भत्काइएको छ। उपमहानगरपालिकाले मंगलबार (आज) इटहरीका २० वटै वडामा निर्माण भएको अवैध संरचना हटाउन निर्देशन जारी गरेको छ।

वडाहरूलाई दिइएको निर्देशन कडाइको साथ लागू गर्न बताइएको छ। निजी जग्गा बाहेक बाटो पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरिएको मेयर पौडेलले बताए। ‘पैनी (कुलो) मिचेर बनाइएका संरचना हटाउनका लागि हामीले सबै वडा कार्यालयमार्फत नगरबासीमा जानकारी पनि गराएका छौँ,’ मेयर पौडेलले भने।

उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कानुनअनुसार कारबाही अगाडि बढाइने बताइएको छ। खोला–पैनीमा अवैध संरचना बन्दा इटहरीमा सामान्य पानी पर्दा बाढी बस्ती छिर्ने र इटहरीमा जनधनको क्षति हुने गरेको छ।

प्रकाशित: २७ मंसिर २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =