‘आखत’ले पायो अवार्ड

हिमाल प्रेस २५ मंसिर २०७९ ११:५०
4
SHARES
‘आखत’ले पायो अवार्ड

काठमाडौँ- नेपाली वृत्तचित्र ‘आखत’ले ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल २०२२’ मा ‘नेसनल स्पेसल मेन्सन अवार्ड’ जितेको छ।

वृत्तचित्रमा गोपाल आचार्यको निर्देशन रहेको छ। फिल्म महोत्सवमा अवार्ड जित्दाको खुसी आचार्यले सामाजिक सञ्जालमा साझा गरेका छन्। उनले सो अवार्ड ‘आखत’ टिमलाई समर्पित गरेका छन्।

चौथो संस्करणको नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल डिसेम्बर ८ देखि १० सम्म आयोजना भएको थियो।

महोत्सवमा विभिन्न १५ विधामा ३४ देशका १०६ फिल्म देखाइएका थिए। जसमा ७२ अन्तर्राष्ट्रिय र ३४ राष्ट्रिय फिल्म थिए।

बिहान १० बजेदेखि बेलुका साढे ६ सम्म फिल्म प्रदर्शन गरिएका थिए। चलचित्र विकास बोर्डको हल, राइजिङ मल तथा राष्ट्रिय नाचघरमा फिल्म प्रदर्शन गरिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =