चितवनमा खिचरा महोत्सव

हिमाल प्रेस २५ मंसिर २०७९ ७:५२
6
SHARES
चितवनमा खिचरा महोत्सव

चितवन- चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ। आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो।
आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए।

महोत्सवमा अन्य आकर्षणका रूपमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत भेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, थारूलगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा नेपालभरिकै थारू पहिरनको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत छन्।

महोत्सवमा प्रवेश शुल्क ५० रूपैयाँ तोकिएको छ। यस्तै महोत्सवमा एक सय २० विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन्।

प्रकाशित: २५ मंसिर २०७९ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =